Listen Live

तिवारी हत्याको विरोधमा लुम्बिनी अञ्चल ठप्प
Posted On: Dec 21, 2016
तिवारी हत्याको विरोधमा लुम्बिनी अञ्चल ठप्प

एमाले निकट युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आव्हान गरिएको बन्दको कारण मंगलबार लुम्बिनी अञ्चलका सबै जिल्लाहरु ठप्प भएका छन् ।

युवा संघ नेपालले लुम्बिनी अञ्चल एकदिन बन्द गर्ने घोषणा गरेको हो भने रुपन्देही भने अनिश्चितकालिन बन्द आह्वान गरेको छ । युवासंघले दिउँसो १२ बजेदेखि १ बजेसम्म देशभर चक्काजामको घोषणा गरेको छ।

बन्दको आह्वान पछि सोमबार साँझदेखि नै बुटवल क्षेत्र ठप्प भएको छ । हत्या भएको केही घण्टापछि प्रदेश विभाजन विरुद्धको आन्दोलनमा गठन भएको संयुक्त संघर्ष समिति देवदहले जिल्ला बन्दको आह्वान गरेको थियो ।

युवा संघ नेपाल अञ्चल तथा जिल्ला कमिटीले छु्ट्टा–छुट्टै विज्ञप्ति जारी गरी बन्द आह्वान गरेका छन् । सोमबार राति अबेरसम्म सडकमा प्रदर्शन गरेका युवाहरुले मंगलबार विहानैदेखि सडकमा प्रदर्शन गरेका छन् ।

युवासंघका जिल्ला अध्यक्ष माथि नै दिनदहाडै गोली हानी हत्या गरेको व्यक्तिले खुलेयाम आफूले हत्या गरेको जिम्मेवारी लिंदासमेत प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको भन्दै प्रहरी प्रशासनको व्यापक आलोचना गरेका छन् ।

अहिले बुटवलमा युवाहरुले विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोध सभा गरेको छ। विरोध सभालाई युवासंघका नेताहरु राजु गुरुङ, देवराज पोखरेल, सुजु मल्ल लगायत एमालेका जिल्ला अध्यक्ष शिव सुवेदीले सम्बोधन गरेका छन् । युवाहरुले तिवारीको हत्यारालाई पक्राउ नगर्दा सम्म आफूहरुको आन्दोलन नरोकिने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गरेका छन् ।

आक्रोशित युवाहरुले बन्दको अवज्ञा गरेमा कडा रुपमा उत्रने चेतावनी दिंदै माईकिङ गर्दै हिंडेका छन् । अहिले बु

Comments