Listen Live

हिल्सा नाका खुला गर्न कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
Posted On: Dec 21, 2016

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका दुखका दिन अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका छन्।

हुम्लाको सिमीकोटमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य सिद्ध हुने बताए।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक क्रान्तिमा कर्णालीको गुणात्मक योगदान रहेको उल्लेख गर्दै नयाँ सन्दर्भमा हाम्रो ध्यान कर्णालीको विकास र जनताको जीवनस्तर परिवर्तनमा केन्द्रित रहेको बताए।

“हुम्लामा दोस्रोपटक आएको छु, मलाई खुसी र गर्वको महसुस भएको छ, प्राकृतिक छटाले भरिपूर्ण हुम्ला अथाह सम्भावना भएर पनि पिछडिएको छ,” उनले भने – “हुम्लाका राजनीतिक दलका प्रतिनिधिले पेस गर्नुभएको ज्ञापनपत्रप्रति मैले गम्भीर रुपमा ध्यान दिनेछु ।”

प्रधानमन्त्री प्रचण्डले हुम्लामा जलविद्युत्, खेल मैदान, पर्यटकीय पूर्वाधार निर्माणलगायत योजनामा आवश्यक बजेट विनियोजन गर्ने बताउँदै “हुम्लाको खेल मैदान निर्माणका लागि सरकारले रु तीन करोड बजेटको व्यवस्था गर्ने घोषणा गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

‘जिल्लाका छरिएर रहेका बस्तीलाई एकीकृत नमूना बस्ती निर्माण गर्न र हिल्सा नाका खुला गर्न सरकारले कूटनीतिक पहल गर्नेछ,’ उनले भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्तिबहादुर बस्नेतलगायतले कर्णालीको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताए। रासस

lucky
hundai

प्रकाशित मिति: मंगलबार, पौष ५, २०७३ १९:३९:०२

 
Comments