Listen Live

सातौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ५ सय ४२ खेलाडी
Posted On: Dec 21, 2016
सातौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ५ सय ४२ खेलाडी

पूर्वाअञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ५ सय ४२ खेलाडी सहभागी हुने भएका छन्। सातौँ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ३० खेलमा ५४२ खेलाडीले प्रतिश्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जानकारी दिएको छ।

पूर्वाअञ्चलमा पुस ८ गतेदेखि संचालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई मंगलवार बिदाई गर्दै पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेले सो जानकारी दिएका हुन्। उनले टिम प्रशिक्षक र ब्यवस्थापक गरी १ सय ६ जनासहित ६ सय ४८ जना सहभागी हुने उनले जानकारी दिए।

पश्चिमाञ्चलबाट विभिन्न खेलमा प्रतिश्पर्धाका लागि छनोट भएका खेलाडीलाई सफलताको शुभकामनासहित बिदाई गरिएको छ। विकास समिति सभापति तथा सांसद रविन्द्र अधिकारी, नेपाली सेनाको पश्चिम पृतनापति उपरथि जगदिश चन्द्र पोखरेल, सशस्त्र प्रहरी वल मुक्तिनाथ वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र सिंह, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले विदाई गरेका हुन्।

उनीहरुले फुटबल खेलाडी अनिल गुरुङलाई पश्चिमाञ्चल विकास क्षेत्र र भलिवल खेलाडी मञ्जु गुरूङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे। सहभागी सबै खेलाडीलाई खादा, अविर लगाएर सफलताको शुभकामना सहित बिदाई गरियो।

सातौं राष्ट्रिय खेलकुदका लागि मंसिर २० देखि पश्चिमाञ्चलका २१ स्थानमा क्षेत्रीय छनोट सम्पन्न गरी १६ वटै जिल्लाबाट प्रतिश्पर्धाका आधारमा खेलाडी छनोट गरिएको क्षेत्रीय अध्यक्ष पौडेलले जानकारी दिए।

कार्यक्रममा टोली उप प्रमुखमा प्रशिक्षण प्रमुख बिद्या मर्सानी तथा कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले प्रतियोगिताका बारेमा जानकारी दिए। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लङ टेनिस भने पोखरामा हुनेछ।

Comments