Listen Live

बर्लिन लरी आक्रमण : आइएसले लियो जिम्मा
Posted On: Dec 21, 2016
बर्लिन लरी आक्रमण : आइएसले लियो जिम्मा

जर्मनीको राजधानी बर्लिनमा भएको लरी आक्रमणको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । बर्लिनको मुख्य क्षेत्रमा रहेको व्यस्त क्रिसमस बजारमा १२ जनाको ज्यान जाने गरी भएको लरी आक्रमण आफ्ना लडाकुले गरेको आइएसले बताएको छ ।  क्रिसमस बजारमा मंगलबार बिहानै भएको आक्रमणमा ५० जना भन्दा धेरै घाइते भएका छन् । समाचार संस्था अमाकले आक्रमणको जिम्मेवारी आइएसले लिएको बताएपनि त्यसलाई पुष्टि गर्ने आधार भने तत्काल भेटिएको छैन । जर्मनीका अधिकारीले घटनामा संलग्न भएको आरोपमा नावेद बी नाम गरेका पाकिस्तानी नागरिकलाई पक्राउ गरेका थिए । तर प्रमाण नपुगेका कारण उनलाई रिहा गरिएको छ । आक्रमणकारीको पहिचान हुन सकेको छैन । जर्मनीका गृहमन्त्री थोमस डि माइजिएरले विभिन्न स्तरमा अनुसन्धान भइरहेकाले शान्त रहन नागरिकसँग आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आक्रमणको निन्दा गरेको छ । आक्रमणपछि युरोपका विभिन्न शहरमा सुरक्षा सतर्कता बढाइएको छ ।  

 

Comments