Listen Live

‘बन्दुक मतिर फर्किने खतरा थियो, डराउँदै तस्बिर खिचेँ’
Posted On: Dec 21, 2016
‘बन्दुक मतिर फर्किने खतरा थियो, डराउँदै तस्बिर खिचेँ’

टर्कीमा हत्या गरिएका रुसका राजदूत शव रुस लगिएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले सोमबार अबेर गोली हानी हत्या गरेका थिए  । राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षका प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले ९ पटक गोली हानेका हुन् । एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत थिए ।  सिरियामा भइरहेको संघर्षमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थन गरेको विरोधमा टर्कीमा प्रदर्शन हुँदै गएको छ । सिरिया युद्धमा रुसी समर्थनको विपक्षमा रहेका ति प्रहरी अधिकारीले राजदूत कार्लोफको हत्या गरेको हुन सक्ने अनुमान छ । 

यस किसिमको कुनैपनि घटना लगतैको व्यावसायिक तस्बिर प्राप्त गर्न मुश्किल पर्छ । तर रुसी राजदूतको हत्यापछि उहाँका हत्या राको तस्बिर भने खिचिएको छ । राजदूत सहभागी रहेको कार्यक्रममा रहेका समाचार संस्था एपीका फोटो पत्रकार बुर्हान आज्बिलिकीले आक्रमणकारीको तस्बिर खिचेका छन् । आज्बिलिकीले आक्रमणकारी एडिन्टासले अंकारा आर्ट ग्यालरीमा राजदूत कार्लोफको हत्यापछि आकाश तिर बन्दुक फर्काएर चिच्याइरहेका बेला उनको तस्बिर खिचेका हुन् । घटनाको विषयमा पत्रकार ओज्बिलिकीले ब्लग लेखेका छन् । उनले भनेका छन् ‘म डराएको थिएँ, बन्दुक मतिर फर्किए हुने खतरा पनि मलाई थाहा थियो । तर तस्बिर खिचेँ । आँखै अगाडि जीवन मृत्युमा परिणत भयो ।’

यसैबिच राजदूत कार्लोफ शवलाई रुसको राष्ट्रिय झण्डा ओढाएर अंकाराबाट मस्को पठाइएको हो । कार्लोफको शव मस्को पठाउनु अघि अंकारामा सानो औपचारिक कार्यक्रम भएको थियो । त्यहाँ कार्लोफलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि टर्कीका सरकारी अधिकारी तथा कुटनीतिज्ञ पुगेका थिए ।

Comments