Listen Live

अबको १० वर्षपछि कामको खोजीमा विदेश जानु पर्दैन : उद्योगमन्त्री जोशी
Posted On: Dec 21, 2016

उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको १० वर्षमा कुनै पनि नेपाली युवा कामको खोजीमा विदेश भौतारिनु नपर्ने दाबी गर्नुभएको छ । पाँचौ लमजुङ महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री जोशीले भन्नुभयो ‘स्वदेशमै स्वरोजगारको व्यवस्था गर्ने नीति सरकारले लिएकाले अबको केही वर्षपछि कामको खोजीमा नेपाली युवा विदेश जानु पर्ने छैन।’साथै उहाँले उद्यमशिलताको विकास बिना देश आर्थिक रुपमा समृद्ध नहुने बताउनुभएको छ । ‘उद्योगको क्षेत्रमा नयाँ सोच र नीति नियमका साथ सरकार अघि बढेको छ,’ उहाँले थप्नुभयो । मन्त्री जोशीले नेपाल औषधि लिमिटेडपछि सरकार हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारीमा रहेको पनि जानकारी गराउनुभयो । ‘नेपाल औषधि लिमिटेड सुरु हुने प्रकृयामा छ, नागरिकलाई अत्यावश्यक पर्ने औषधि सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य छ’ मन्त्री जोशीले भन्नुभयो ।    

हेटौंडा कपडा उद्योगलाई छिट्टै सञ्चालनमा ल्याएर पहिलो चरणमा सेना, प्रहरी, कर्मचारी र विद्यार्थीका पोशाक उत्पादन गरिने उहाँको भनाइ छ । उहाँका अनुसार बजारमा प्रतिस्पर्धी कपडाका सामानसमेत सोही उद्योगबाट उत्पादन गर्दै जाने लक्ष्य सरकारले लिएको छ । 

Comments