Listen Live

रियाल, दिर्हाम, रिंगिटको सटही दर स्थिर, कोरियन वनको मूल्य कमजोर
Posted On: Dec 21, 2016

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ ९९ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र विक्रिदर २९ रुपैयाँ ८६ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४४ पैसा र विक्रिदर २९ रुपैयाँ ६० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १५ पैसा र विक्रिदर २४ रुपैयाँ २८ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ १३ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ०९ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८६ रुपैयाँ ८१ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

Comments