Listen Live

आमा बनिन् करिना, छोराे जन्माइन्
Posted On: Dec 21, 2016
आमा बनिन् करिना, छोराे जन्माइन्

नायिका करिना कपुरले छोरालाई जन्म दिएकी छिन् । उनका श्रीमान नायक सेफ अलि खानले जारी गरेको वक्तव्यमा छोराको जन्म भएको र छोराको नाम ताइमुर अलि खान पताउदी कपुर राखिएको उल्लेख छ । ‘सन्तानको आगमनले हामीलाई पूर्ण बनाएको छ । बुवाआमा बन्न पाएकोमा हामी निकै खुसी छौं’ विज्ञप्तीमा उल्लेख छ । ५ वर्ष लामो प्रेम सम्बन्धपछि सेफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए ।

४६ वर्षका सेफको पहिलो श्रीमती अमृता सिंहबाट २ जना छोराछोरी छन् । सेफले ४० भन्दा बढी चलचित्रमा तथा करिना कपुरले झण्डै ५० वटा चलचित्रमा अभिनय गरेका छन् । 

Comments