Listen Live

छक्का पञ्जाले १०० दिन मनाउँदै, जात्रा छैठौँ हप्तामा चल्दै
Posted On: Dec 21, 2016
छक्का पञ्जाले १०० दिन मनाउँदै, जात्रा छैठौँ हप्तामा चल्दै

पछिल्लो समयमा दुईवटा नेपाली सिनेमाले राम्रो ब्यापार गरेका छन् । दर्शकले नेपाली सिनेमालाई गरेको मायालाई देखेर सिनेकर्मी सिनेप्रेमी अब भने नेपाली सिनेमा उद्योग पनि फस्टाउने भो भन्दै खुसी भएका छन् । 
निर्माता तथा निर्देशकले आफ्नो ईच्छाअनुसारको कथा भन्दा पनि दर्शकको रुचि अनुसारको कथा समावेश गरी सिनेमा बनाएमा सिनेमाले सफलता पाउँछ भन्ने कुरा सिनेमा छक्का पञ्जा र जात्राले देखाएका छन् ।

छक्का पञ्जाले मनाउने भयो १०० दिन

दीपा श्री निरौलाको निर्देशनमा बनेको सिनेमा छक्का पञ्जाले नेपाली सिनेमाको इतिहासमै रेकर्ड कायम गर्दैै भोलि शनिबार अर्थात पुस २ गते एक सय दिन मनाउँदैछ । भदौ २४ मा रिलिज भएको सिनेमाले हालसम्म १७ करोडभन्दा माथिको ग्रस कलेकशन गरेको छ । छक्का पञ्जा अहिले पनि केही हलहरुमा हाउसफूल छ । 

जात्रा पनि छैठौँ हप्तामा

त्यस्तै अर्को सिनेमा जात्रा शुक्रबारदेखि छैठौँ हप्तामा प्रवेश गरेको छ । जात्रा कुमारी, एफ क्युब, गुण सिनेमा, सिभिल मल, लाबिम मलमा छैठौँ साता पनि हाउसफूल छ । छैठौँ हप्तासम्म पुग्दा जात्राले तीन करोड रुपैयाँभन्दा माथिको ग्रस कलेकशन गरिसकेको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको जात्रामा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनीया, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

Comments